आइतबार, जेठ ३, २०८३

झण्डै ६ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्णखोप

कोरोनाविरुद्धको खोप अभियान सुरु भएको साँढे ५ महिनाको अवधिमा नेपालमा करिब ६ प्रतिशतले मात्रै पूर्ण खोप लगाएका छन्।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- कोरोनाविरुद्धको खोप अभियान सुरु भएको साँढे ५ महिनाको अवधिमा नेपालमा करिब ६ प्रतिशतले मात्रै पूर्ण खोप लगाएका छन्। कूल खोप लगाउन योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ। 

National life

मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने योजना बनाएकोमा ११ लाख ८ हजार ८ सय ६८ जनाले मात्रै खोपको पूर्ण मात्रा लगाएका छन्।

हालसम्म पहिलो मात्रा खोप लगाउनेको संख्या २६ लाख २१ हजार ४ सय ७६ छ। उनीहरूमध्ये जम्मा ११ लाखले मात्रै पूर्णमात्रा खोप लगाएका छन्। ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ४८ हजार १ सय ३४ जनाले भेरोसिलको दोस्रो मात्रा (पूर्ण खोप) लगाएका छन् ।नेपालमा हालसम्म कोभिसिल्ड र भेरोसेल खोप मात्रै लगाइएको छ। 

पहिलोमात्रा लगाउनेमध्ये १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ९२ हजार ९ सय ९२ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६५ लाख ८२ हजार ८५० डोज मात्रा कोरोना संक्रमणविरुद्धको खोप नेपाल भित्रिएको छ।

प्रकाशित: Jul 16, 2021| 01:46 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्