शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ज्येष्ठ नागरिकको नि:शुल्क उपचार हुने यी हुन् ४९ अस्पताल

ज्येष्ठ नागरिकको नि:शुल्क उपचार हुने यी हुन् ४९ अस्पताल

 सरकारले  थप २५ वटा अस्पतालहरूमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा विस्तार गर्दैछ।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- सरकारले  थप २५ वटा अस्पतालहरूमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा विस्तार गर्दैछ। सरकारले ‘ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७’ अनुसार थप २५ वटा अस्पतालमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा विस्तार गर्न लागेको हो।  

जसअनुसार ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ। ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा ७५ प्रतिशत, ८० देखि ८४ वर्षसम्मकाले शतप्रतिशत छुट दिनुपर्नेछ। ८५ वर्षभन्दा माथिकालाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा नि:शुल्क हुने व्यवस्था छ। 

तर, अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गरे सरकारले दिएको यी कुनै पनि सुविधा लागू हुने छैन। 

योसँगै ज्येष्ठ नागरिक निःशुल्क एवं सहुलियतपूर्ण रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पताल संख्या ४९ पुग्नेछ। यसअघि २०७०/७१ देखि २४ वटा अस्पतालले यो सेवा सञ्चालन गर्दै आएको थियो। 

आर्थिक वर्ष २०७८/७९ देखि सेवा विस्तार हुने अस्पतालहरुमा प्रदेश १ मा ३ वटा अस्पताल थपिएका छन्। जसमा इलाम अस्पताल, संखुवासभा अस्पताल र सुनसरी अस्पताल रहेको छ। यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, मेची अस्पताल र उदयपुर अस्पतालमा यो सेवा सुरु भएको थियो। प्रदेश १ मा थप तीन वटा अस्पताल थप भएपछि यो सेवा सुरु गर्ने अस्पतालको संख्या सात वटा पुगेको छ। 

त्यस्तै प्रदेश २ मा कलैया अस्पताल, मलंगा अस्पताल सर्लाही, राम उमा स्मारक अस्पताल र बर्दिबास अस्पताल महोत्तरी थप गर्दै ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सुरु गर्ने अस्पतालको संख्या आठ वटा पुर्‍याइएको छ। यसअघि प्रदेश दुईमा जनकपुर प्रादेशिक अस्पताल, नारायणी अस्पताल, गौर अस्पताल, गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालन थियो। 

बागमती प्रदेशमा पाँच वटा अस्पताल थपिएसँगै यो सेवा सुरु गर्ने अस्पतालको संख्या अब १२ वटा पुगेको छ। 

हाल भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशुली अस्पताल, कीर्तिपुर अस्पताल र धुलिखेल अस्पताले यो सेवा विस्तार गर्दैछ। यसअघि  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, भरतपुर अस्पताल, हेटौंडा अस्पताल, आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले यो सेवा सुरु गरिसकेको छ। 

त्यस्तै प्रदेश ४ मा २ वटा अस्पताल थप भएको छ। यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल बागलुङले सुरु गरिसकेको सेवा अब गोरखा अस्पताल र म्याग्दी अस्पतालले सुरु गर्दैछ। 

लुम्बिनी प्रदेशमा ६ वटा अस्पताल थप भएका छन्। नयाँ सेवा सुरु गर्ने अस्पतालको सूचीमा पृथ्वीचन्द्र अस्पताल नवलपरासी, गुलेरिया अस्पताल, प्युठान अस्पताल, पाल्पा अस्पताल, रोल्पा अस्पताल र तुलसीपुर अस्पताल छन्। 

यसअघि लुम्बिनी प्रदेशमा भेरी अस्पताल, लुम्बिनी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानले यो सेवा सुरु गरिसकेका छन्। 

कर्णाली प्रदेशमा पनि यसअघि प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला यो सेवा विस्तार गरिसकेको थियो भने अब जाजरकोट अस्पताल र मेहेलकुना अस्पतालले सेवा विस्तार गर्दैछ। 

सुदूरपश्चिम प्रदेशमा ३ वटा अस्पताल थपिएका छन्। यसअघि २ वटा अस्पतालमा मात्रै यो सेवा सञ्चालन गरिएको थियो। डडेलधुरा अस्पताल र सेती प्रादेशीक अस्पतालले यसअघि यो सेवा प्रदान गर्दै आएका थिए। हाल महाकाली अस्पताल, दार्चुला अस्पताल र टिकापुर अस्पताल थपिएका छन्।

प्रकाशित: Jul 16, 2021| 01:10 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।