शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बजेट पारित हुन नसकेपछि मध्यरातमा लुम्बिनीको संसद् अधिवेशन अन्त्य

बजेट पारित हुन नसकेपछि मध्यरातमा लुम्बिनीको संसद् अधिवेशन अन्त्य

आर्थिक वर्ष २०७८/७९ को बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेशसभाको चालू अधिवेशन बिहीबार मध्यरातमा अन्त्य गरिएको छ। मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन्। 
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

बुटवल– आर्थिक वर्ष २०७८/७९ को बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेशसभाको चालू अधिवेशन बिहीबार मध्यरातमा अन्त्य गरिएको छ। मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन्। 

संसद्को अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने गृहकार्य थालेको छ। असारमै बजेट पारित गर्न सरकार असफल भएकाले बजेट अस्वीकृत भएको विपक्षी दलका नेताहरु बताउँछन्।  

सत्तापक्ष नै बाहिरिएपछि लुम्बिनीको प्रदेशसभा बैठक स्थगित 

बजेट पारित गर्ने दिन लुम्बिनीमा सत्तासीन दलका सांसद सम्पर्कविहीन 

सत्तारूढ एमाले समर्थित नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित सांसद अजय शाह सम्पर्कविहीन भएपछि सरकारको बजेट पारित नहुने अवस्था उत्पन्न भएको थियो। एक जना मन्त्रीसमेतले विपक्षमा मत दिने चर्चा थियो। सरकार अल्पमतमा परेको भन्दै विपक्षीले बहुमत सिद्व गर्न भनेका थिए।

तर, मुख्यमन्त्री शंकर पोखरेल आफैंले पटकपटक छलफलबाट बजेट पारित गर्न आग्रह गरेका थिए। विपक्षीले मतदानबाट टुंग्याउन प्रस्ताव गर्नासाथ मुख्यमन्त्रीसहित सत्तारूढ दलका सांसद बाहिरएका थिए।

 

प्रकाशित: Jul 15, 2021| 18:36 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।