शुक्रबार, भदौ ५, २०८३

साउन ३ गतेका लागि संसद अधिवेशन आह्वान

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आगामी साउन ३ गतेलाई आह्वान गरिएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आगामी साउन ३ गतेलाई आह्वान गरिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। गत जेठ ८ मा विघटन गरिएको प्रतिनिधिसभाको अधिवेशन सर्वोच्च अदालतले बदर गरेपछि पहिलोपटक बोलाइएको हो। मन्त्रिपरिषद्को सिफारिस अनुसार संसद बैठक साउन ३ गते आइतबार दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ।

सर्वोच्च अदालतले गत सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै साउन ३ गते अधिवेशन बोलाउनसमेत फैसला गरेको थियो। सर्वोच्चको सो फैसलाअनुसार नै मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गत पुस ५ मा र दोस्रो पटक जेठ ८ मा प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेका थिए।सर्वोच्चले पहिलो पटक फागुन ११ मा र दोस्रो पटक गत सोमबार प्रतिनिधिसभालाई ब्यूउँताउने फैसला गरेको हो।

प्रकाशित: Jul 15, 2021| 14:15 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।