शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गठबन्धनले देउवालाई भन्यो- ओलीको गल्ती नदोहोर्‍याउनू

गठबन्धनले देउवालाई भन्यो- ओलीको गल्ती नदोहोर्‍याउनू

सत्तारुढ गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई देशको अवस्था र जनताका आवश्यकतामा केन्द्रित हुन सुझाव दिएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- सत्तारुढ गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई देशको अवस्था र जनताका आवश्यकतामा केन्द्रित हुन सुझाव दिएको छ। बिहीबार सिंहदरबारमा बसेको गठबन्धनको बैठकले देउवालाई जनताका आवश्यकतामा केन्द्रित भएर काम गर्न सुझाव दिएको हो।

यस्तै गठबन्धनका नेताहरुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्ती नदोहोर्‍याउन सचेत गराएका छन्। ‘ओलीजीले गरेको जस्तो गल्ती नदोहोर्‍याउन र दोहोरिने अवस्था नआओस् भनेर सचेत रहन हामीले देउवाजीलाई आग्रह गरेका छौं,’ बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘जनताका आवश्यकतामा केन्द्रित भएर काम गर्नुपर्ने हाम्रो सुझाव रह्यो।’ 

बैठकमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको भागवण्डाका विषयमा समेत छलफल भएको छ। तर यस विषयमा नेताहरुले केही बताउन चाहेका छैनन्।  

बैठकमा देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादी नेता कृष्णबहादुर महरा र नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेता विजय पौडेल सहभागी थिए।

प्रकाशित: Jul 15, 2021| 14:03 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।