काठमाडौं- महान्यायधिवक्तामा खम्बबहादुर खाती नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले खातीलाई महान्याधिवक्ता बनाएका हुन्।
बिहीबार प्रधानमन्त्री देउवाको सिफारिसमा खाती राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त भएका छन्। वाजुरा निवासी खाती नेपाल बार एशोसियसनका पूर्व महासचिव हुन्।
