काठमाडौं– सर्वोच्च अदालतको आदेश बमोजिम विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त भएका छन्।
बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो।वली हाल मुटुको उपचारका लागि सहिद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रम उपचाररत छन्।
नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरले उनलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।