शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली सरकारले बढाएको यातायात भाडा नघटाए आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतवानी 

ओली सरकारले बढाएको यातायात भाडा नघटाए आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतवानी 

सत्तारुढ पार्टी निकट पाँच विद्यार्थी संगठनले केपी ओली सरकारले बढाएको यातायात भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन्। 
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- सत्तारुढ पार्टी निकट पाँच विद्यार्थी संगठनले केपी ओली सरकारले बढाएको यातायात भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन्। 

अखिल (छैठौं ) को कार्यालयमा आज बसेको बैठकले तत्काल भाडा घटाउन माग गरेको हो। बैठकपछि बिहीबार विज्ञप्ति जारी गर्दै तत्काल भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रने समेत उनीहरुले चेतावनी दिएका छन्। 

जाँदाजाँदै ओली सरकारको निर्देशन बमोजिम यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा २० देखि २८ प्रतिशतसम्म बढाएको थियो। यात्रुवाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढाइएको थियो। 

साउन १ गते यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेश गरेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिने अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले जानकारी दिए। 

पाँच विद्यार्थी संगठनमा कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) माधव नेपाल पक्षीय अनेरास्ववियू, जसपा निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौँ) छन्।

प्रकाशित: Jul 15, 2021| 12:57 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।