काठमाडौं- कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ८ हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७८२ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ५१२ जनाको एन्टिजेन परीक्षणबाट ८९४ जनामा पुष्टि भएको छ।
त्यस्तै सोही अवधिमा १ हजार ७५७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार ३३ जनाको मृत्यु छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ। हालसम्म ६ लाख २६ हजार ५६८ जना संक्रमण मुक्त भएका छन्।