शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्तापक्ष नै बाहिरिएपछि लुम्बिनीको प्रदेशसभा बैठक स्थगित 

सत्तापक्ष नै बाहिरिएपछि लुम्बिनीको प्रदेशसभा बैठक स्थगित 

लुम्बिनी प्रदेशको प्रदेश सभा बैठकबाट सत्तापक्ष बाहिरिएपछि सदन आधा घण्टाका लागि स्थगित भएको छ। सभामुख पूर्णबहादुर घर्तीले साढे ५ बजेसम्मका लागि सदन स्थगित गरेका हुन्।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

बुटवल– लुम्बिनी प्रदेशको प्रदेश सभा बैठकबाट सत्तापक्ष बाहिरिएपछि सदन आधा घण्टाका लागि स्थगित भएको छ। सभामुख पूर्णबहादुर घर्तीले साढे ५ बजेसम्मका लागि सदन स्थगित गरेका हुन्।

प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेल सहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि सदन रोकिएको हो। यसअघि बैठकमा बजेटका छलफलका क्रममा उठेका प्रश्नहरुको मन्त्रीहरुले उत्तर दिएका थिए । 

मुख्यमन्त्री पोखरेलको जवाफी सम्बोधनपछि सत्तापक्षका सांसद बैठक छाडेर बाहिरिएका हुन् ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको दाबी गर्दै विपक्षी गठबन्धन नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए । 

८३ सदस्यीय प्रदेश सभामा अहिले नेकपा एमालेको पक्षमा तीन जना जसपाको महन्थ ठाकुर पक्षकासहित ४१ र विपक्षी गठबन्धनमा सभामुखसहित ४२ जना छन् । एमालेको सूर्य चिन्ह लिएर नवलपरासीको निर्वाचन क्षेत्र नं। १ ९२०बाट निर्वाचित अजय शाही बिरामी परेको भन्दै अनुपस्थित भएपछि बजेट पास नहुने संकेत पाएर सत्ता पक्षका सांसदले नै बैठक बहिस्कार गरेका हुन् ।

प्रकाशित: Jul 15, 2021| 11:47 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।