काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अब हरेक नेपालीको स्वास्थ्य सरकारको चासोको विषय हुने बताएका छन्। बिहीबार ट्विट गर्दै प्रधानमन्त्री देउवाले सबै नेपालीको स्वास्थ्यलाई सरकारले चासोका साथ हेर्ने बताएका हुन्।
सबै नागरिकलाई कोरोना विरुद्धको निःशुल्क खोप दिने बताएका छन्। कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्ने भन्दै उनले संक्रमितको उपचारका लागि कुनै पनि कसर नराख्ने प्रतिबद्धता जनाएका छन्।
‘हरेक नागरिकले निःशुल्करुपमा कोरोनाको खोप पाउनुहुनेछ। म कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा कुनै पनि कसर राख्दिनँ,’ उनले भनेका छन्, ‘हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुनेछ।’