शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा साँझ ७ बजेसम्म पसल खोल्न पाइने, सभा-सम्मेलन र सैलुन बन्द यथावत्

काठमाडौं उपत्यकामा साँझ ७ बजेसम्म पसल खोल्न पाइने, सभा-सम्मेलन र सैलुन बन्द यथावत्

बैठकले साउन १० गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको छ। बैठकले लामो दुरीका सवारी साधन सञ्चालनको अनुमति दिने विषयमा छलफल भएपनि कुनै निर्णय नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा अब बेलुका ७ बजेसम्म पसल खोल्न पाइने भएको छ। बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेध आदेश थप १० दिनसम्म लम्ब्याउने निर्णय गरेपनि पसल भने बेलुका ७ बजेसम्म खोल्न अनुमति दिएको हो। यसअघि साँ ६ बजेसम्म मात्रै पसल सञ्चालन गर्न अनुमति दिइएको थियो। 

बैठकले साउन १० गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको छ। बैठकले लामो दुरीका सवारी साधन सञ्चालनको अनुमति दिने विषयमा छलफल भएपनि कुनै निर्णय नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ। विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन्।
 

प्रकाशित: Jul 15, 2021| 11:13 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।