शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बजेट पारित गर्ने दिन लुम्बिनीमा सत्तासिन दलका सांसद सम्पर्कविहीन 

बजेट पारित गर्ने दिन लुम्बिनीमा सत्तासिन दलका सांसद सम्पर्कविहीन 

लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद अजय शाही सम्पर्कविहीन भएका छन्। लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७८–७९ को बजेट पारित गर्न अहिले संसद् चलिरहेको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

बुटवल– लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद अजय शाही सम्पर्कविहीन भएका छन्। लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७८–७९ को बजेट पारित गर्न अहिले संसद् चलिरहेको छ। शाही सूर्य चुनाव चिन्हबाट नवलपरासी (पश्चिम)–१ (ख) बाट निर्वाचित भएका थिए। सांसद शाही बजेट पारित गर्ने दिनमा एकाएक सम्पर्कविहीन भएपछि सरकारलाई संकट पर्ने देखिएको छ। 

यसअघि एमाले नेतृत्वको सरकारमा राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएर विपक्षी गठबन्धनमा गएपछि सरकार अल्पमतमा परेको छ। गत वैशाख १९ गते विपक्षी मोर्चामा सामेल शाहीले भोलिपल्टै एमाले नेतृत्वको सरकारलाई समर्थन रहेको विज्ञप्ति निकालेका थिए।

मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका शाही एकाएक सम्पर्कविहीन भएपछि बजेट पारित गर्न सकस हुने देखिएको हो। शाही अस्पतालमा भर्ना भएको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएको छ। तर फोटो कहिलेको हो भन्ने खुलेको छैन। 

८३ सांसद रहेको यहाँ सरकारको बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ। राज्यमन्त्रीको राजीनामापछि सरकारको पक्षमा ४१ मात्रै सांसद छन्। लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४२ जना सांसद सरकारको विपक्षमा छन्।

सांसद शाही सम्पर्कविहीन भएपछि सरकारको पक्षमा ४० जना मात्रै सांसद छन्। राज्यमन्त्रीबाट शर्माको बहिर्गमनसँगै सरकार अल्पमतमा परेको बेला अर्का सांसद समेत उपस्थित नभएकाले बजेट पारित गर्न सरकारलाई मत नपुग्ने विपक्षीहरुको भनाइ छ। अहिले मुख्यमन्त्री शंकर पोखरेलले संसदमा सम्बोधन गरिरहेका छन्।

प्रकाशित: Jul 15, 2021| 11:09 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।