काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्।
मंगलबार प्रधानमन्त्री नियुक्त भएर सोही दिन शपथ ग्रहण गरी कार्यभार सम्हालेका देउवा चार दिनपछि निजी निवास बूढानीलकण्ठबाट सरकारी निवास सर्न लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार ज्योतिषीको सल्लाहबमोजिम देउवा शुक्रबार बालुवाटर सर्न लागेका हुन्। निवर्तमान प्रधानमन्त्री केपी ओलीले बुधबार नै बालुवाटार छाडिसकेका छन्।