शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेपत्ता र सत्यनिरुपण आयोगको म्याद थप गर्ने सरकारको निर्णय

बेपत्ता र सत्यनिरुपण आयोगको म्याद थप गर्ने सरकारको निर्णय

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- सरकारले बेपत्ता व्यक्तिहरूको छानबिन गर्न बनेको आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप गर्ने निर्णय गरेको छ। 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए।

दुवै आयोगका पदाधिकारीको म्याद १ वर्ष थप भएको हो। 

यस्तै मन्त्रिपरिषद् बैठकले साउन ३ गते प्रतिनिधिसभा बैठक बेलाउन सिफारिस गरेको छ।

‘साउन ३ गते सदन बोलाउन सिफारिस गर्ने निर्णय भएको छ,’ खाँडले भने। सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो। सोहीअनुसार सरकारले साउन ३ गतेकै लागि बैठक बोलाउन सिफारिस गरेको हो।

प्रकाशित: Jul 15, 2021| 09:30 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।