आइतबार, चैत ८, २०८२

विषयगत शिक्षकको दरबन्दी मिलान गर्दा विषयलाई प्राथमिकतामा राख्न स्थानीय तहलाई केन्द्रको निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विषयगत शिक्षक व्यवस्थापन गर्दा विषयगत प्राथमिकताको क्रम अनिवार्य रुपमा पालना गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विषयगत शिक्षक व्यवस्थापन गर्दा विषयगत प्राथमिकताको क्रम अनिवार्य रुपमा पालना गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।

National life

केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाले  सूचना जारी गर्दै शिक्षक दरबन्दी मिलान गर्दा विषयगत प्राथमिकताको क्रम पालना गर्न–गराउन निर्देशन दिएको हो।

शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ अनुसार दरबन्दी मिलानको क्रममा कुनै एक विद्यालयबाट दरबन्दी कट्टा भई अर्को सामुदायिक विद्यालयमा दरबन्दी थप भएमा शिक्षक सरुवा हुन पाउने व्यवस्था छ ।

सामुदायिक विद्यालयमा कुनै कारणवश आधारभूत तहको कक्षा ६ देखि ८ र माध्यमिक तहको शिक्षक दरबन्दी रिक्त भएमा शिक्षा नियमावली (संशोधन सहित) २०५९, को नियम ९२ को अनुसूची १२ मा उल्लेख गरिए अनुसारकै विषयगत प्राथमिकताको क्रम अनिवार्य रुपमा पालना गरी शिक्षक व्यवस्थापन गर्न–गराउन केन्द्रले स्थानीय तहलाई निर्देशन दिएको हो।

केन्द्रले १२ हजार ८ सय दरबन्दी मिलान गर्नुपर्नेमा हालसम्म ९ हजार २ सय शिक्षक दरबन्दी मिलान गरिसकेको जनाएको छ। केन्द्रले जिल्लाभित्रकै स्थानीय तहमा बढी भएका ठाउँबाट कटौती गरेर आवश्यक ठाउँमा थप गरेर दरबन्दी मिलान गरिएको केन्द्रका निर्देशक वसन्त कोइरालाले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

दरबन्दी मिलानको क्रममा मनाङ, मुस्ताङ, तनहुँ र काठमाडौंमा दरबन्दी कट्टा गरिएको छ भने नवलपरासी, वाग्लुङ, सिन्लीमा दरबन्दी थप गरिएको केन्द्रले जनाएको छ।

प्रकाशित: Jul 15, 2021| 07:49 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्