शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारको डीएसपी हुँ भन्दै वाणिज्य विभागका डीजीलाई थर्काउने अख्तियारकै फन्दामा

अख्तियारको डीएसपी हुँ भन्दै वाणिज्य विभागका डीजीलाई थर्काउने अख्तियारकै फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डीएसपी हुँ भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीलाई धम्क्याउने एक जनालाई अख्तियारकै टोलीले नियन्त्रणमा लिएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डीएसपी हुँ भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीलाई धम्क्याउने एक जनालाई अख्तियारकै टोलीले नियन्त्रणमा लिएको छ।

आयोगको डीएसपी भन्दै विभाग पुगेर अनावश्यक दबाब दिने एग्रोमार्ट नेपाल प्रालिका अध्यक्ष अर्जुन भट्टलाई आयोगले नियन्त्रणमा लिएको हो। 

भट्टले एमपी इन्टरप्राइजेजको पुँजी वृद्धि गर्नका लागि विभागका महानिर्देशक प्रकाश पौडेललाई दबाब दिने गरेका थिए। पौडेल यसअघि अख्तियारबाटै विभागमा सरुवा भएका थिए। अख्तियारमै रहँदाको अनुभवले उनले भटट्का क्रियाकलापप्रति शंका गर्दै आयोगमा खबर गरेका थिए।

आयोगले बुधबार उनलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी महानगरीय अपराध महाशाखामा बुझाइएको आयोगले जानकारी दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आफूलाई डीएसपी बताउने भट्टले बेलाबेलामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, राष्ट्रिय कृषि विकास कम्पनीका सीईओसमेत बताएर विभागमा दबाब दिने गरेका थिए।
 

प्रकाशित: Jul 15, 2021| 07:13 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।