शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल, नेपाल र विप्लवबीच बृहत् कम्युनिस्ट एकताबारे छलफल 

दाहाल, नेपाल र विप्लवबीच बृहत् कम्युनिस्ट एकताबारे छलफल 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच बृहत् कम्युनिस्ट एकताबारे छलफल भएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच बृहत् कम्युनिस्ट एकताबारे छलफल भएको छ। माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा महासचिव विप्लव र एमाले वरिष्ठ नेता नेपालबीच बिहीबार नेपाल निवास कोटेश्वरमा यसबारेमा छलफल भएको हो।

दाहाल र चन्द नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। नेताहरुबीच बृहत् कम्युनिस्ट एकताबारे छलफल भएको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए। भेटमा अध्यक्ष दाहालले विगतमा पनि आफूले बृहत् कम्युनिस्ट एकताका लागि गरेको पहल विफल भए पनि अब नयाँ ढंगले कम्युनिस्ट पार्टीबीच एकता गरेर अघि बढ्न सकिने बताएका थिए। 

विप्लव नेतृत्वको नेकपा र अघिल्लो सरकारबीच तीन बुँदे सहमति भएको थियो। त्यसपछि नेकपाले हिंसात्मक गतिविधि छाडेर प्रतिस्पर्धात्मक राजनीतिमा संलग्न हुन थालेको छ। सरकारसँग भएको सहमतिअनुसार नेकपाका २० जना जति नेताकार्यकर्ता रिहा भएका छन्। अझै १३० भन्दा बढी कार्यकर्ता विभिन्न अभियोगमा थुनामा छन्।

सरकारसँग भएको सहमतिअनुसार नेकपाका २० जना जति नेताकार्यकर्ता रिहा भएका छन्। अझै १३० भन्दा बढी कार्यकर्ता विभिन्न अभियोगमा थुनामा छन्।

अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयन गर्दै नेता कार्यकर्तालाई रिहाइ गर्ने विषयमा नेताहरूसँग छलफल गरिएको भेटमा सहभागी विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए। अर्धभूमिगत राजनीतिक जीवनबाट खुला राजनीतिमा आएका विप्लवले पछिल्लो समय वामपन्थी नेताहरुसँगको भेटघाटलाई तीवता दिइरहेका छन्। यस्तै बृहत् कम्युनिस्ट एकताबारे पनि छलफल भएको छ।

विप्लव र दाहालबीच बुधबार पनि यसबारे छलफल भएको थियो। माओवादी सशस्त्र युद्धका सैन्य कमान्डर चन्द र सुप्रिम कमान्डर दाहालबीच २०७० पछि पहिलोपटक प्रत्यक्ष कुराकानी भएको हो।

प्रकाशित: Jul 15, 2021| 05:29 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।