शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आर्थिक वर्षको अन्तिममा बजेट खर्च विवरण सार्वजनिक गर्ने सिस्टम डाउन

आर्थिक वर्षको अन्तिममा बजेट खर्च विवरण सार्वजनिक गर्ने सिस्टम डाउन

सरकारले योजना अनुसार बजेट खर्च गर्न नसकेपछि खर्चको विवरण सार्वजनिक गर्ने सिस्टम डाउन गरेको छ। सरकारले गर्दै आएको बजेट खर्चको दैनिक विवरण महालेखा नियन्त्रक कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिँदै आएको थियो। 
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- सरकारले योजना अनुसार बजेट खर्च गर्न नसकेपछि खर्चको विवरण सार्वजनिक गर्ने सिस्टम डाउन गरेको छ। सरकारले गर्दै आएको बजेट खर्चको दैनिक विवरण महालेखा नियन्त्रक कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिँदै आएको थियो। 

जसअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को असार २९ गतेसम्म कूल विकास (पुँजीगत) खर्च ६० प्रतिशत मात्रै हुन सकेको थियो। आर्थिक वर्षको अन्तिम २ दिन ३० असार र ३१ असारमा बाँकी ४० प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने दबाब सरकारलाई रहेको थियो। 

तर, ३० असार अर्थात बुधबार कति खर्च भयो? भन्ने विवरण नै महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको छैन। महालेखा नियन्त्रक कार्यालयको वेबसाइटमा बुधबारको खर्च र बुधबारसम्मको खर्च विवरण पनि शुन्य देखाएको छ। महालेखा नियन्त्र कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बुधबार राति १२ बजेसम्म मात्रै निकासा हुने भएकाले त्यसपछि सिस्टम डाउन गरिएको बताए। 

‘हामीले सिस्टम डाउन गरेका छौं,’ उनले नेपाल समयसँग भने, ‘खर्च विवरण सुन्य देखाइएको छ। आज दिउँसो १२ बजेदेखि सबै विवरण देखिने बनाउँछौं।’ 

चालु आर्थिक वर्षमा सरकारले कूल पुँजीगत बजेट ३ खर्ब ५२ अर्ब ९१ करोड ५ लाख रूपैयाँ विनियोजन गरेको थियो। मंगलबारसम्म २ खर्ब ११ अर्ब ७५ करोड ८२ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको विवरण छ। सो अवधिमा चालु खर्च ८९.०४ प्रतिशत र वित्तीय खर्च ५४.५२ प्रतिशत खर्च भएको छ। आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा कूल बजेटको ७८.०१ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।

No description available.

प्रकाशित: Jul 15, 2021| 03:55 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।