शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक वर्षमा पेट्रोलको भाउ- लिटरमा २७ रुपैयाँ बढ्दा, एक रुपैयाँ घट्यो

एक वर्षमा पेट्रोलको भाउ- लिटरमा २७ रुपैयाँ बढ्दा, एक रुपैयाँ घट्यो

एक वर्षको अवधिमा लिटरमा २७ रुपैयाँ बढेको पेट्रोलको मूल्य १ रुपैयाँमात्रै घटेको छ। त्यो पनि विद्यार्थी संगठनको तीव्र दबाबका कारण।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं– एक वर्षको अवधिमा लिटरमा २७ रुपैयाँ बढेको पेट्रोलको मूल्य १ रुपैयाँमात्रै घटेको छ। त्यो पनि विद्यार्थी संगठनको तीव्र दबाबका कारण।

नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्ष २०७७–०७८मा मात्रै २७ रुपैयाँले पेट्रोलको मूल्य बढेको छ। चालु आवमा पहिलो पटक गत साउन १७ पेट्रोलको मूल्य बढाइएको थियो। सो दिन १०२ रुपैयाँ प्रतिलिटरबाट १०४ रुपैयाँ प्रतिलिटर कायम गरिएको थियो।

त्यसपछि निरन्तर उकालो रहेको पेट्रोलको मूल्य गत २२ असारमा १२९ रुपैयाँ प्रतिलिटरका दरले कायम गरिएको थियो। तर, विद्यार्थी संगठनहरुको दबाबपछि निगमले पेट्रोल तथा डिजेलको मूल्य १ रुपैयाँ मात्रै घटाएको छ। बुधबार निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाउँदै काठमाडौं उपत्यकाभित्र १२८ रुपैयाँ प्रतिलिटर तथा डिजेलको मूल्य पनि १ रुपैयाँले घटाउँदै १११ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

पेट्रोल तथा डिजेलको मूल्य निरन्तर बढेपछि यातायात व्यवसायीले पनि सवारी भाडा बढाउन माग गर्दै आएका थिए। सोही अनुसार सरकारले गत २७ असारमा मन्त्रीस्तरिय निर्णय गर्दै सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाउँदै आएको छ। पेट्रोल तथा डिजेलको मूल्य निरन्तर बढेपछि यातायात व्यवसायीले पनि सवारी भाडा बढाउन माग गर्दै आएका थिए। सोही अनुसार सरकारले गत २७ असारमा मन्त्रीस्तरिय निर्णय गर्दै सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाएको छ।

नेपाल आयल निगमले पछिल्लो समय कायम गरिएको पेट्रोल तथा डिजेलको मूल्य विगतको भन्दा कम रहेको दावी गरेको छ। निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहले विगतमा १३४ रुपैयाँ, १४० रुपैयाँसम्म पनि पेट्रोलको मूल्य पुगेको भन्दै सोको तुलनामा पछिल्लो समय मूल्य न्यून रहेको दावी गरे।

‘विगतमा १४० रुपैयाँसम्म पनि पेट्रोलको मूल्य पुगेको थियो’ उनले भने, ‘त्यसको तुलनामा अहिले राहत नै हो। निगमले राहत दिनको लागि भनेरै घाटा खाएर नै बेच्नुपरेको छ।’ 

निगमको पुरानो मूल्य सूची अनुसार २०७० साल फागुन ३०मा पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँ कायम गरिएको थियो।

प्रकाशित: Jul 15, 2021| 03:14 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।