काठमाडौं- भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले प्रधानमनत्री शेरबहादुर देउवालाई बधाइ ज्ञापन गरेको छ। भाजपाका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवालेले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेर बधाइ दिएका हुन्।
चौथाइवालेले नेपाली कांग्रेस र भारतीय जनता पार्टी भाजपाबीच निरन्तर संवादको आवश्यक रहेको बताएका थिए। निरन्तर सम्वादका लागि नेपाली कांग्रेस र भाजपा सधै तयाररहेको सहमती भएको चौथाइवालेले ट्वीटरमार्फत जानकारी दिएका छन्।
देउवा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिनपछि भाजपाले बधाइ दिएको हो।
Honoured to talk to Shri @DeubaSherbdr ji and congratulate him for his appointment as the Prime Minister of Nepal. We both agreed that there is a need for regular party-to-party dialog between Nepali Congress and Bharatiya Janata Party.
— Dr Vijay Chauthaiwale (@vijai63) July 14, 2021