शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बारामा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

बारामा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

बारामा बुधबार राति भएको सवारी दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- बारामा बुधबार राति भएको सवारी दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। बाराको महागढी नगरपालिका २ स्थित भुतही पुल नजिक बुधबार राति सवा नौ बजे प्रदेश २–०३–००१ ख ०७१५ नम्बरको ट्रकले स५प ९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी सहायक निरीक्षक ४४ वर्षीय रमेशकुमार राउतको घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकलमा सवार पर्साको सखुवा प्रसौनी गाउँपालिका-६ घर भइ रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राउतको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

रौतहट सन्तपुरस्थित प्रहरी कार्यालयबाट बुधबार राति मोटरसाइकलमा घर फर्किंदै गर्दा राउत सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो। 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइए छ। ट्रकसहित चालकलाई भने नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

प्रकाशित: Jul 15, 2021| 02:48 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।