शुक्रबार, भदौ ५, २०८३

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। 
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले आज देशका पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। 

प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो भारी वर्षा हुने महाशाखाले जनाएको छ। अहिले पनि प्रदेश एक, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ।

राति पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। पर्सि शनिबारदेखि देशैभरको मनसुन थप सक्रिय हुने भएकाले लगातार पानी पर्ने सम्भावना रहेको छ। 

पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: Jul 15, 2021| 02:18 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।