शुक्रबार, भदौ ५, २०८३

खोपका लागि बिहानैदेखि लाइन

कोरोना भाइरसविरुद्धको खोपका लागि मानिसहरु बिहानैदेखि लाइनमा लागेका छन्।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- कोरोना भाइरसविरुद्धको खोपका लागि मानिसहरु बिहानैदेखि लाइनमा लागेका छन्।

बिहान १० बजेदेखि खोप लगाउन सुरु हुने भए पनि ७ बजेदेखि नै अस्पतालहरुमा लामो लाइन लागिसकेको छ। टेकु अस्पताल, सिभिल अस्पताल, बलम्बुको सशस्त्र प्रहरी अस्पताल, कान्तिपुर अस्पताल लगायत खोप दिइने अस्पतालमा लाइन लागेको हो। 

चिनियाँ खोप भेरोसेल लगाउने काम भइरहेको छ अहिले। केही समय अवरुद्ध भएर सुरु भएको पछिल्लो खोप अभियानअन्तर्गत काठमाडौं उपत्यकामा ३२ वटा केन्द्रमार्फत खोप दिइँदैछ।

नेपालमा २ करोड १७ लाख मानिसलाई खोप लगाउने तयारी छ। नेपालमा कोरोना भाइरसविरुद्धको खोप पहिलो डोज लगाए पनि दोस्रो डोज लगाउन नपाएका मानिसको संख्या करिब १४ लाख छ। हालसम्म १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका छन् भने उनीहरुमध्ये जम्मा ४ लाख ६० हजार ७३४ ले मात्रै दोस्रो डोज लगाउन पाएका छन्। 

१३ लाख ६७ हजार भन्दा धेरै मानिसहरु कोभिसिल्डको पर्खाइमा छन् तर उनीहरुले कहिले खोप पाउँछन् अझै यकिन भएको छैन। जापानले उपलब्ध गराउने भनेको १६ लाख अष्ट्राजेनेकाको खोप पहिलो डोज लगाएर बसेकालाई दिने सरकारको तयारी छ। 

त्यस्तै ७ लाख ८३ हजार ३२३ ले भेरोसेलको पहिलो डोज लगाएका छन् भने ६ लाख ४२ हजार ३९६ ले भेरोसेलको दुवैमात्रा पाइसकेका छन्। 

नेपालमा गत माघ १४ गतेदेखि कोभिडको खोप लगाउन थालिएको हो। बीचमा केही समय अवरुद्ध भएको खोप अहियान अहिले फेरि सुरु भएको छ। अभियान सुरु भएको साढे ५ महिना पुग्दा ११ लाख ३ हजार १३० जनाले मात्रै दुवै डोज खोप लगाएका छन्। हालसम्म कोभिसिल्ड र भेरोसेलको खोपमात्रै लगाइएको छ भने अमेरिकाले दिएको जोनसन एण्ड जोनसनको खोप लगाउने प्रक्रियामा छ। 

प्रकाशित: Jul 15, 2021| 02:05 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।