शुक्रबार, भदौ ५, २०८३

बाढी, पहिरो र कटानले म्याग्दीमा ८५ घर भत्किए

यस वर्षको मनसुन सुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन्।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

म्याग्दी- यस वर्षको मनसुन सुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन्। थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएका छन्। 

पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु नौ लाख ६० हजार र मृतक दुई जनाका परिवारलाई तीन लाख राहत उपलब्ध गराएको छ। पाँच जनासम्म सदस्य भएका परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढी सङ्ख्यामा सदस्य भएका परिवारलाई २० हजारका दरले राहत वितरण गरिएको सहायक प्रजिअ पौडेलले बताए। 

पहिरोबाट घर भत्किएका तथा जोखिममा परेर विस्थापित भएका आफन्तको घर र सामुदायिक भवन तथा सामूहिक टहरा बनाएर बसेका छन्। अन्नपूर्ण गाउँपालिकाको धोस्केखोर, रघुगङ्गाको बेग, बेनीको सिंगा तातोपानी, मङ्गलाको अर्मन, मालिकाको रुम र धौलागिरिको खोरियामा पहिरोले क्षति पुगेको छ। गत वर्षको बर्खामा भत्किएका घर पुनःनिर्माणका लागि पर्याप्त बजेट नआउँदा प्रभावित भएको छ। गत वर्ष पहिरोले म्याग्दीमा २४७ घर भत्किएकामध्ये म्याग्दी प्रवासी नेपाली संघ मोनाले ४० वटा घर बनाएको छ। 

सरकारले पहिरोले भत्किएका हिमाली जिल्लाका घर बनाउन प्रतिघर रु पाँच लाखका दरले अनुदान दिने निर्णय गरेको थियो। निर्णयानुसार आवश्यक बजेट व्यवस्थापन नगर्दा सबै पहिरो पीडितले निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको पनि अनुदान पाएका छैनन्। वैशाख अन्तिम साता एक करोड आठ लाख ९७ हजार ५०० पठाएको गृहमन्त्रालयले असारमा थप ३६ लाख ३२ हजार ५०० पठाएको थियो। मोनाले बनाएकाबाहेकका घरका लागि १० करोड बजेट माग गरिएको थियो। 

सङ्घ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा घर बनाउने कार्यविधि भए पनि सङ्घ र प्रदेशले बजेट नपठाएकाले पुनःनिर्माण प्रभावित भएको स्थानीय तहका पदाधिकारीले बताएका छन्। धौलागिरि गाउँपालिकाको मराङ, मालिकाको बिम, देवीस्थान, रघुगङ्गाको भगवती र अन्नपूर्णको फगाममा पहिरोले क्षति गरेको थियो। रासस

प्रकाशित: Jul 15, 2021| 01:25 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।