शुक्रबार, भदौ ५, २०८३

कांग्रेस पदाधिकारी बैठक सर्‍यो

नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बस्ने गरी बोलाएको पदाधिकारी बैठक स्थगित भएको हो।

देउवाको व्यस्तताले बैठक स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनले शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए।

१४औं महाधिवेशन र क्रियाशील सदस्यताबारे देखिएको विवादमाथि छलफल गर्न बैठक बोलाइएको थियो। बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे पनि छलफल गर्ने तयारी रहेको कांग्रेस स्रोतले जनाएको छ।

प्रकाशित: Jul 15, 2021| 01:19 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।