शुक्रबार, भदौ ५, २०८३

प्रचण्ड भेटेर विप्लवले खोजे 'एकता'को साथ

भेटमा विप्लवले पूर्व माओवादी घटकहरुबीच एकता गर्नुपर्ने प्रस्ताव प्रचण्डसँग राखेको स्रोतले बताएको छ। ‘राजनीतिक साझेदारीका लागि विप्लवले बढी जोड दिएर कुराकानी गर्नुभयो। पूर्वमाओवादीबीच साझेदारी गर्ने विषयमा कुराकानी भएको हो,’ प्रचण्ड निवास स्रोतले भनेको छ। उनीहरूबीच भेटघाटलाई निरन्तरता दिने सहमति भएको छ। 
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) समेत सरकारमा सहभागी भएको भोलिपल्टै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरी एकताको साथ खोजेका छन्। केही समयअघिसम्म विप्लवले माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डको आलोचना गर्दै आइरहेका भएपनि बुधबार अकस्मात् विप्लव केही पुराना राजनीतिक सहयात्रीसहित प्रचण्ड भेट्न उनको निवास खुमलटार पुगेका हुन्। 

भूमिगत राजनीतिक जीवनबाट सार्वजनिक भएपछि विप्लव र प्रचण्डबीच भएको यो पहिलो भेटघाट ‍‍हो। सार्वजनिक भएपछि पनि लामो समय प्रचण्डसँगको भेटघाटलाई प्राथमिकतामा नपारेका विप्लवले सत्ताको सहयात्री दल बनेपछि मात्र माओवादी केन्द्रका अध्यक्षसँग भेटघाट गरेका हुन्। 

प्रचण्ड निकट स्रोत भने सत्ताको सहयात्री दल बनेपछि मात्र भेटघाट गरिएको विषयलाई मान्न तयार छैन। विप्लवसँग भेटको खास विशेष कारण नभएको प्रचण्डको निजी सचिवालयको दाबी छ।

‘राजनीतिक साझेदारीका लागि विप्लवले बढी जोड दिएर कुराकानी गर्नुभयो। पूर्वमाओवादीका घटकहरूबीच साझेदारी गर्ने विषयमा कुराकानी भएको हो,’ प्रचण्ड निवास स्रोतले भनेको छ। उनीहरूबीच भेटघाटलाई निरन्तरता दिने सहमति भएको छ।

‘पहिलेदेखि नै भेटौं भन्ने कुरा भइरहेको थियो। आज समय मिलेर भेटेको हो। यसको विशेष कारण छैन,’ सचिवालय स्रोतले भन्यो, 'पुरानो राजनीतिक सहयात्री भएका कारण पनि दुई नेताहरूबीच राजनीतिका विषयमा कुराकानी नहुने कुरा भएन। समसामयिक राजनीतिक विषयमा छलफल भयो।'

भेटमा विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि सहभागी थिए। यस्तै विप्लव नेकपाका २ केन्द्रीय सदस्य पनि सहभागी भएको बताइएको छ। 

भेटमा विप्लवले पूर्व माओवादी घटकहरुबीच एकता गर्नुपर्ने प्रस्ताव प्रचण्डसँग राखेको स्रोतले बताएको छ। ‘राजनीतिक साझेदारीका लागि विप्लवले बढी जोड दिएर कुराकानी गर्नुभयो। पूर्वमाओवादीका घटकहरूबीच साझेदारी गर्ने विषयमा कुराकानी भएको हो,’ प्रचण्ड निवास स्रोतले भनेको छ। उनीहरूबीच भेटघाटलाई निरन्तरता दिने सहमति भएको छ। 

गत फागुन २१ गते केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लवबीच तीनबुँदे सहमति भएको थियो। ओली सरकारले सहमति पालना नगरेको आरोप विप्लवले लगाउँदै आएका थिए। सहमति कार्यान्वयनका विषयमा पनि छलफल भएको बताइएको छ। 

प्रकाशित: Jul 14, 2021| 14:35 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।