शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रक्रिया नपुगेको एआईजी सरुवामा देउवा सरकारको हस्तक्षेप!

प्रक्रिया नपुगेको एआईजी सरुवामा देउवा सरकारको हस्तक्षेप!

एआईजी पाल रानीपोखरी गएको ७ महिना मात्र भएको थियो। सामान्यतया १ वर्ष नपुगी सरुवा नगिने भएपनि तत्कालीन प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगरेको भन्दै पाललाई कार्यविभागमा सरुवा गरिदिएका थिए।   
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं- निवर्तमान केपी शर्मा ओली सरकारले गरेको प्रहरीका उच्च अधिकारीहरूको सरुवामा गृह मन्त्रालयले हस्तक्षेप गरेको छ। गृह मन्त्रालयको नेतृत्व बालकृष्ण खाँडले सम्हालेपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा कार्यान्वनय नगर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बुधबार निर्देशन दिएको हो।

ओली सरकारले सरुवा गरेको ५ दिन भइसके पनि गृहले प्रहरी मुख्यालयलाई तत्काल निर्णय कार्यान्वयन नगर्न भनेको हो। ओली सरकारले ५ दिन अघि सरुवा गरेको भएपनि तत्काल रमाना नलिन प्रहरी महानिरीक्षकको कार्यालयबाट निर्देशन आएको पुष्टि गरे। 

तत्काल सरुवा कार्यान्वन नगर्न निर्देशन आएपछि एआईजी सरुवा बदर हुने सम्भावना देखिएको छ। ओली सरकारले समय नपुग्दै एआईजी सरुवा गरेको भन्दै विवाद भएको थियो। ओली सरकारले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआईजी हरिबहादुर पाललाई कार्य विभागका सरुवा गरेको थियो। उनको स्थानमा प्रद्युम्न कार्कीलाई सरुवा गर्ने निर्णय भएको थियो। 

एआईजी पाल रानीपोखरी गएको ७ महिना मात्र भएको थियो। सामान्यतया १ वर्ष नपुगी सरुवा नगिने भएपनि तत्कालीन प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगरेको भन्दै पाललाई कार्यविभागमा सरुवा गरिदिएका थिए।   

ओली सरकारले निरज शाहीलाई अपराध अनुन्धान विभाग पठाउने निर्णय गरेको थियो भने एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख बनाइएको थियो। मानव स्रोत शाखामा सहकुल थापालाई बढुवा गरी पदस्थापन गरिएको थियो।

प्रकाशित: Jul 14, 2021| 13:51 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।