आइतबार, जेठ ३, २०८३

बीपीका चारै पदाधिकारी बर्खास्त गर : डा. केसी

चिकित्सा शिक्षा अभियान्ता डा. गोविन्द केसीले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै जना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

विराटनगर- चिकित्सा शिक्षा अभियान्ता डा. गोविन्द केसीले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै जना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।

National life

एक महिनादेखि बीपी प्रतिष्ठानमा जारी शुद्धीकरण आन्दोलनमा ऐक्यबद्धता जनाउन धरान आएका डा. केसीले बिहीबार सो माग गरेका हुन्।

सरकारी तथा सार्वजनिक संस्थाहरुलाई धरासायी बनाउनकै लागि अयोग्य र भ्रष्ट कार्यकर्ताहरुलाई पदाधिकारीमा नियुक्त गरेको आरोप उनले लगाए। भ्रष्टहरुले सार्वजनिक संस्थानलाई धरासायी बनाएपछि सर्वसाधारण जनताहरु बाध्य भएर नेता र माफियाकै मिलेमतोमा खुलेको निजी शैक्षिक र स्वास्थ्य संस्थामा सेवा लिन जान बाध्य हुनु परेको डाक्टर केसीले बताए। 

नेपालका नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण गरेको उनले बताए। नेताहरुको लगानीमा खुलेका निजी संस्थाहरुलाई लाभ पुग्ने गरी सार्वजनिक संस्थानहरु दोहन गरेर धारासायी बनाइरहेको पनि आरोप उनले लगाए।

डाक्टर केसीले विश्वविद्यालय तथा सार्वजनिक संस्थानहरुमा नियुक्त हुने पदाधिकारीहरुको मापदण्डबारे बनेको समितिले प्रतिवेदन बुझाइसकेको तर ऐनको रुप दिन नेताहरुले नचाहेर कानुन मन्त्रालयमा पेन्डिङ राखिएको बताए। 

भ्रष्ट, अयोग्य कार्यकर्ताहरु भर्ती गर्न नपाइने भएपछि ऐन नबनेको भन्दै डा.केसीले जसरी पनि ऐन बन्ने जिकिर गरे।

प्रकाशित: Jul 14, 2021| 13:07 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्