काठमाडौं- राजस्व अनुसन्धान विभागले ६६ करोडभन्दा बढी राजस्व छली गर्ने विभिन्न व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ।
झुठा तथा नक्कली बिलबिजक जारी गरी राजस्व छली गर्नेविरुद्ध विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो।
विभागका अनुसार झुठा तथा नक्कली बिल जारी गरी राजस्व छली गर्ने सल्र्लाहीका राजाराम महतो र राजदेवीविरुद्ध ४१ करोड ५१ लाख ३१ हजार ८५४ रुपैयाँ बिगो दाबी गर्दै पाटन उच्च अदालतमा बुधबार मुद्दा दायर गरिएको छ।
त्यस्तै रौतहटका ओमप्रकाश सिंहलेसमेत नक्कली विजक बनाई राजस्व छली गरेको अभियोगमा २५ करोड ३५ लाख ४१ हजार ५८४ रुपैयाँ विगो दाबी गर्दै बुधबार नै पाटन उच्च अदालतमा मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ।