शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशसभाका सांसद बस्नेत भन्छन्– साँघुरो भएर टेबुल हटाएको हुँ, कसैलाई हान्न खोजेको होइन

गण्डकी प्रदेशसभाका सांसद बस्नेत भन्छन्– साँघुरो भएर टेबुल हटाएको हुँ, कसैलाई हान्न खोजेको होइन

नेकपा एमालेका सांसद रामशरण बस्नेतले गण्डकी प्रदेशसभा बैठकमा नाराबाजी गर्दा साँघुरो भएर आफूले टेबुल हटाएको दाबी गरेका छन्।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

पोखरा–  गण्डकी प्रदेशसभाको बुधबारको बैठकले विपक्षी दलका सांसदलाई मार्सल लगाएर आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ। बजेट पारित गर्ने क्रममा संसदका मर्यादापालक कर्मचारी र एमाले सांसदबीच घम्साघम्सी नै पर्यो। घम्साघम्सीकै बीच पूर्व मन्त्री रामशरण बस्नेतले कुर्सी नै पल्टाइदिएका थिए। 

उनले गरेको क्रियाकलाप एकैछिनमा भाइरल बन्यो। उनको चर्को आलोचना सुरु भयो। सामाजिक सञ्जालमा उनको कार्यप्रति नकारात्मक टिप्पणी मात्रै आए। यसपछि नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले पत्रकार सम्मेलन नै गरेर के भएको भन्ने स्पष्ट पार्ने प्रयास गरेको छ। 

‘प्रतिपक्ष कमजोर छ, जे गरे पनि हुन्छ भन्ने लाग्यो भने भोलिका दिनमा थुप्रै चुनौती बेहोर्नुपर्ने हुन्छ’, उनले भने। 

पत्रकार सम्मेलनमा पूर्वमन्त्री बस्नेतले निरंकुश र तानशाही ढंगले अगाडि बढेको सरकारलाई बलियो प्रतिपक्ष भन्ने देखाउन खोजिएको स्पष्टीकरण दिए। ‘प्रतिपक्ष कमजोर छ, जे गरे पनि हुन्छ भन्ने लाग्यो भने भोलिका दिनमा थुप्रै चुनौती बेहोर्नुपर्ने हुन्छ’, उनले भने। 

उनले प्रदेश सरकारको सकारात्मक कामलाई  जिम्मेवार प्रतिपक्ष भएको नाताले नै हुने बताए। बजेट पारित गर्ने कुरा ठुलो नभएको भन्दै उनले अघिल्लो सरकारले ल्याएका बहुवर्षीय योजना काटिएपछि आक्रोश उत्पन्न भएको बताए।  ‘जुन योजना अर्थ मन्त्रालयबाट स्वीकृत गर्नुपर्ने हुन्छ ती स्वीकृत गरिएका छैनन्, अघिल्लो सरकारले गरेका निर्णय  कटौती गरिएका छन्’, उनले भने। 
कुर्सी फालिएको घटनाका सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा उनले मान्छे हिँड्न साँघुरो भएका कारणले यस्सो सारिएको बताए । ‘ठाउँ साँघुरो भयो, कुर्सी यस्सो सार्नुपर्ने भयो, भिडियोमा कस्तो देखिएको छ र?’ उनले भने।

‘सरकार तानाशाही रुपमा अगाडि बढेको छ, यसको नेकपा एमालेले प्रतिवाद गर्छ।’

गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको विरोधमा एमालेले संसद अवरुद्ध गरेको थियो। आइतबारदेखि सुरु भएको बैठकमा रकमान्तरको विरोध गर्दै अवरोध गरेको हो। संसदीय अनुगमन समिति गठन गर्ने सहमतिपछि संसद् अघि बढेको थियो। सोमबार टेबुल गरिएको विनियोजन विधेयकमाथि छलफलको कार्यसूची थियो। सुरुदेखि नै अवरोध गरिरहेको एमालेले सदन चल्नै दिएन। लगातार तीन पटक सदन अवरुद्ध भएपछि मार्सल लगाएर सदन चलाइएको थियो।

तर एमाले सांसदहरु बसिरहेको कुर्ची छोडेर संसदको रोस्टमअघि नाराबाजीमा उत्रिएका थिए। केहीबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच भनाभन भएको थियो। पूर्वमन्त्री तथा एमाले सांसद रामशरण बस्नेतले मन्त्रीको टेबुल नै फालिदिएका थिए। एमालेको अवरोधबीच आगामी आर्थिक वर्षको बजेट पारित भएको छ।

प्रकाशित: Jul 14, 2021| 12:41 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।