बुधबार, असोज १४, २०८३

सीटीईभीटीको छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई भर्ना हुन निर्देशन 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिमा छनोट भएका परीक्षार्थीहरुलाई सिफारिस भएका शिक्षण संस्थामा भर्ना हुन निर्देशन दिएको छ।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिमा छनोट भएका परीक्षार्थीहरुलाई सिफारिस भएका शिक्षण संस्थामा भर्ना हुन निर्देशन दिएको छ।

शैक्षिक सत्र २०७७/०७८ मा डिप्लोमा, प्रमाणपत्र र प्रि-डिप्लोमा तहमा विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमको २०७७ को नतिजा प्रकाशन एवं मुख्य परीक्षार्थीमा छनोट भएका विद्यार्थीलाई तोकिएको शिक्षण संस्थामा भर्ना हुन निर्देशन दिएको हो।

विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रममा नेपाल सरकारबाट सूचीकृत २२ वटा समूहका परीक्षार्थीलाई छनोट गरीएको छ।

परीक्षार्थीहरु सीटीईभीटीले अध्ययन गर्न सिफारिस भएका शिक्षण संस्थामा भर्ना हुनु पर्ने सूचनामा उल्लेख गरेको छ। सीटीईभीटीले भर्ना हुन जाने विद्यार्थीले भर्ना अनुमति पत्र अनलाइनबाट प्रिन्ट गर्न सकिने जनाएको छ।

प्रकाशित: Jul 14, 2021| 11:33 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्