काठमाडौं– नवनियुक्त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्न उनको निवास कोटेश्वर गएका छन्।
गठबन्धनमा रहेका एमालेका असन्तुष्ट नेता नेपालले आफू एमालेमै फर्किएर संघर्ष गर्ने बताइरहेका बेला देउवा नेपाललाई भेट्न गएका हुन्।
देउवा एमालेको नेपाल पक्ष, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षको समर्थनमा मंगलबार प्रधानमन्त्री बनेका थिए। देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो।