शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जाँदा-जाँदै ओली सरकारले बढायो २८ प्रतिशतसम्म गाडी भाडा

जाँदा-जाँदै ओली सरकारले बढायो २८ प्रतिशतसम्म गाडी भाडा

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ। हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडा बढेको हो।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ। हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडा बढेको हो।

विभागका अनुसार यात्रुवाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ। यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ।

तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको छ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चका सम्बन्धमा विभागले गरेको बजार अध्ययन र सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा समायोजन गरिएको विभागको दाबी छ।

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा भाडामा समायोजन गरिएको विभागको भनाइ छ। भाडा बढाउने सम्बन्धमा असार २७ गते नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्णय गरेको थियो।

प्रकाशित: Jul 14, 2021| 10:48 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।