बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमितको संख्या फेरि चार हजार कट्यो, ३५ जनाको मृत्यु

संक्रमितको संख्या फेरि चार हजार कट्यो, ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप चार हजार १०७ जनामा कोराना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २९८ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा थप चार हजार १०७ जनामा कोराना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २९८ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै सोही अवधिमा १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ। 

हाल देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमित छन्। बुधबार काठमाडौं उपत्यकामा १ हजार २८९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ९०८ जना, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ। 

यसअघि  जेठ २६ चार हजार ३४४  जनामा कोरोना संक्रमण भएको थियो। त्यसपछि संक्रमितको संख्या क्रमश: घट्दै गएको थियो। मंगलबार  तीन हजार तीन सय ८३ जनामा कोरोना संक्रमण भएको थियो। 

प्रकाशित: Aug 04, 2021| 16:50 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।