काठमाडौं- प्रधानमन्त्रीको नियुक्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै शेरबहादुर देउवाले शपथग्रहण गर्न अस्वीकार गरेपछि राष्ट्रपति र सरकारमा सहभागी हुन लागेका दलबहरूबीच छलफल सुरु भएको छ।
शीतल निवास उच्च स्रोतका अनुसार छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहाुदर पुन, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादव सहभागी छन्।
यो समाचार तयार पार्दासम्म उनीहरूबीचको छलफल जारी छ। राष्ट्रपतिले प्रधानमन्त्रीमा गरेको नियुक्तिका विषयमा छलफल केन्द्रित छ।