शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाको अडानपछि प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख गर्ने राष्ट्रपतिको तयारी

देउवाको अडानपछि प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख गर्ने राष्ट्रपतिको तयारी

देउवाले शपथ लिन अस्वीकार गरेपछि नियुक्ति सच्याउँदै राष्ट्रपतिसंविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने भन्दै देउवाले शपथ लिन अस्वीकार गरेका थिए। उनले मुख्यसचिव शंकरदास बैरागीमार्फत् राष्ट्रपतिको कार्यालयमा नियुक्तिमा धारा उल्लेख गर्न दबाब दिएका थिए। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा सपथ लिन अस्वीकार गरेपछि राष्ट्रपतिले नियुक्ति सच्याउने तयारी गरेकी छन्। देउवाको अडानपछि राष्ट्रपतिले संविधानको धारा उल्लेख गरी देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिने तयारी गरेको र त्यसबारे छलफल भइरहेको कांग्रेस स्रोतले जानकारी दिएको छ।

संविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने भन्दै देउवाले अडान लिएका थिए। उनले मुख्यसचिव शंकरदास बैरागीमार्फत् राष्ट्रपतिको कार्यालयमा नियुक्तिमा धारा उल्लेख गर्न दबाब दिएका थिए। 

राष्ट्रपति कार्यालयले संविधानको धारा नै उल्लेख नगरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि विवादित बनेको थियो।

यसअघि संवैधानिक कानुनविद् टीकाराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा गरेको नियुक्ति गैरसंवैधानिक भएको बताएका थिए। 

'सर्वोच्च अदालतको फैसलाले नेपालको संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रिया सुरु गर्न स्पष्ट भनेको छ। राष्ट्रपतिले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख छैन,' उनले भनेका थिए, 'त्यसैले यो नियुक्ति गैरसंवैधानिक छ। गैरसंवैधानिक नियुक्तिका आधारमा देउवाले शपथ लिनुहुँदैन।' 

प्रकाशित: Jul 13, 2021| 13:41 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।