शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नहुँदा देउवाले शपथ लिन मानेनन्

प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नहुँदा देउवाले शपथ लिन मानेनन्

संविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने उनले बताएका छन्। देउवाले शपथ लिन नमानेपछि शपथग्रहण कार्यक्रम केही ढिला हुने भएको छ। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा सपथ लिन अस्वीकार गरेका छन्। 

संविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने उनले बताएका छन्। देउवाले शपथ लिन नमानेपछि शपथग्रहण कार्यक्रम केही ढिला हुने भएको छ। 

राष्ट्रपति कार्यालयले संविधानको धारा नै उल्लेख नगरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि विवादित बनेको छ। यद्यपि ६ बजे हुने भनिएको शपथका लागि देउवा शीतलनिवास गएका छन्।

राष्ट्रपति कार्यालयको विज्ञप्तिप्रति असहमति जनाउँदै देउवाले सच्याउनका लागि मुख्यमसचिव शंकरदास बैरागीमार्फत् दबाब सिर्जना गरेका थिए। राष्ट्रपति कार्यालयले धारा उल्लेख गरेर देउवालाई अर्को नियुक्ति दिने तयारी गरेको बताइएको छ। 

यसअघि संवैधानिक कानुनविद् टीकाराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा गरेको नियुक्ति गैरसंवैधानिक भएको बताएका थिए। 

'सर्वोच्च अदालतको फैसलाले नेपालको संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रिया सुरु गर्न स्पष्ट भनेको छ। राष्ट्रपतिले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख छैन,' उनले भनेका थिए, 'त्यसैले यो नियुक्ति गैरसंवैधानिक छ। गैरसंवैधानिक नियुक्तिका आधारमा देउवाले शपथ लिनुहुँदैन।' 

संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त हुन नसक्ने उनले बताए। 'प्रधानमन्त्री नियुक्त गर्ने संविधानिक आधार धारा ७६ को उपधारा (१), (२) र (५) हो। त्यो उल्लेख नगरी प्रधानमन्त्री नियुक्त हुन सक्दैन,' उनले भनेका थिए। 

संविधानको धारा उल्लेख नगरी राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नु गम्भीर त्रुटि भएको उनको भनाइ थियो। 'यो गम्भीर त्रुटि हो। यो गलत छ। यसलाई सच्याएर मात्र अघि बढ्नुपर्छ,' उनले भने।  

राष्ट्रपतिले संविधानको धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र

यो पनि: 
संविधानको धारा उल्लेख नगरी राष्ट्रपतिले नियुक्त गरिन् प्रधानमन्त्री

प्रकाशित: Jul 13, 2021| 13:07 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।