शुक्रबार, भदौ ५, २०८३

बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्ने ललितरपुर महालक्ष्मी नगरपालिका-४ घर भएका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने काठमाडौं-१९ ढोकाटोल घर भएका ६३ वर्षीय महेन्द्र प्रसाद मिश्र छन्। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्ने ललितरपुर महालक्ष्मी नगरपालिका-४ घर भएका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने काठमाडौं-१९ ढोकाटोल घर भएका ६३ वर्षीय महेन्द्र प्रसाद मिश्र छन्। 

उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले १५ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर लामाटारबाट फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सोही मुद्दामा उच्च अदालत पाटनको २०७६ मंसिर २२ गतेको फैसलाले ७ दिन कैद र ५२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका मिश्रलाई समेत मंगलबार नै प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट उनलाई पक्राउ गरेको हो। 

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितहरूहरुलाई झुक्यानमा पारी माछापुच्छ्रे र सेन्चुरी बैंकका विभिन्न रकमका चेकहरु काटी दिई बैकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो। 

उनीहरूलाई फैसला कार्यान्वयनका लागि काठमाडौं र ललितपुर जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ। 

प्रकाशित: Jul 13, 2021| 12:59 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।