शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीमा बजेट छलफल सकियो, दुई दिनपछि निर्णयार्थ पेश हुने

लुम्बिनीमा बजेट छलफल सकियो, दुई दिनपछि निर्णयार्थ पेश हुने

लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०७८–०७९ को बजेट माथिको छलफल मंगलबार सकिएको छ। विपक्षी दलहरुले निकै आलोचना गरेको भएपनि बजेटमाथिको छलफल भएको हो।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

बुटवल– लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०७८–०७९ को बजेट माथिको छलफल मंगलबार सकिएको छ। विपक्षी दलहरुले निकै आलोचना गरेको भएपनि बजेटमाथिको छलफल भएको हो।

सरकार अल्पमतमा रहेको भन्दै विपक्षी दलहरुले बैठक बहिष्कार सम्म गरेका थिए। गत असार ६ गते आफ्नो धारणा राखेर बैठक बहिष्कार गरेका थिए भने ९ गते सूचना टाँस गरेर असार २७ गतेसम्मका लागि स्थगित भएको थियो। विपक्षी दलका तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुल प्रसाद केसीले सम्बोधन गरेपछि बजेटमाथि छलफल भएको थियो। लगातार २ दिनसम्म बजेटमाथि छलफल भएको हो।

सोमबारबाट आर्थिक वर्ष २०७८–७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विद्येयकमा छलफल सुरु भएको हो। मन्त्रालयहरुको विभिन्न शीर्षकमा समष्टिगत छलफलमा छलफलमा भाग लिंदै विपक्षी सांसदहरुले सरकारले ल्याएको बजेट कार्यकर्तामुखी भएको भन्दै आलोचना गरे। विपक्षीहरुले अल्पमतको सरकारले बजेट ल्याएको भन्दै चर्को आलोचना गरेका थिए।

मंगलबार १८ जना सांसदहरुले भाग लिएका थिए। मंगलबार छलफल सकिएपछि  बिहीबार प्रदेशका मन्त्रीहरुले बजेटमा उठेका प्रश्नको जवाफ दिन कार्यसूची छ। सोही दिन बजेट निर्णयार्थ पेश हुने सभामुख पूर्ण बहादुर घर्तीले जानकारी दिए । बैठक असार ३१ गते बस्नेछ। विपक्षी दलहरुले भने बजेट असफल बनाउने दाउमा रहेका छन भने सरकारले आफूसँग स्पष्ट बहुमत रहेको बताउँदै आएको छ। 

प्रकाशित: Jul 13, 2021| 12:57 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।