शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दल आधिकारिकता मुद्दाका कारण जसपालाई सरकारमा जान विलम्ब

दल आधिकारिकता मुद्दाका कारण जसपालाई सरकारमा जान विलम्ब

प्रधानमन्त्री बन्ने निश्चित भएपछि शेरबहादुर देउवाले जसपासँग मन्त्रीको नाम माग गरेका थिए। उसले बैठक बसी निर्णय गरेर मन्त्रीको नाम पठाउने भनेको थियो। तर दल आधिकारिकताका कारण तत्कालका लागि रोकिएको छ। दल आधिकारिकताबारे निर्वाचन आयोगमा साउन ३ गते पेसी छ। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौँ- उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी (जसपा) मंगलबार नै सरकारमा सहभागी नहुने भएको छ। निर्वाचन आयोगले पार्टी आधिकारिकताको विषयमा निर्णय नदिइसकेकाले त्यसलाई दृष्टिगत गरी जसपाले सरकारमा मंगलबारै जानेबारे अनिर्णीत बनेको हो। 

प्रधानमन्त्री बन्ने निश्चित भएपछि शेरबहादुर देउवाले जसपासँग मन्त्रीको नाम माग गरेका थिए। उसले बैठक बसी निर्णय गरेर मन्त्रीको नाम पठाउने भनेको थियो। तर दल आधिकारिकताका कारण तत्कालका लागि रोकिएको छ। दल आधिकारिकताबारे निर्वाचन आयोगमा साउन ३ गते पेसी छ। 

अध्यक्ष उपेन्द्र यादवले कानुनी प्रक्रियाबारे कानुनविदहरुसँग परामर्श गरी निर्णय लिइने बताए। समस्या नहुने परामर्श प्राप्त भए साउन ३ अघि पनि सरकारमा जान सकिने उनको भनाइ छ। 

देउवा नेतृत्वमा ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण र माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय भइसकेको छ। 

सर्वोच्च अदालतको परमादेशबमोजिम देउवा मंगलबार राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

प्रकाशित: Jul 13, 2021| 12:43 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।