काठमाडौं- नेपाली कांग्रेसले बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने तयारी गरेको छ। स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले गृह मन्त्रालयको जिम्मेवारी खाँडलाई दिने तयारी गरेका हुन्। यस्तै कानुन मन्त्रीमा कार्कीलाई लैजाने तयारी भएको बूढानीलकण्ठ स्रोतले जानकारी दिएको छ।
यस्तै देउवाले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थ र नेता पम्फा भुसाललाई ऊर्जामन्त्री बनाउन लागेको माओवादीको तयारी छ।
शर्मालाई अर्थ मन्त्रालयको जिम्मा दिने तयारी गरिएको छ भने पम्फा भुसाल ऊर्जामन्त्री बन्ने भएका छन्। प्रधानमन्त्रीको सपथ लिनका लागि देउवा केही नेताहरूसहित राष्ट्रपति कार्यालय शीतल निवासका लागि निस्कन लागेका छन्।