शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुजिता हत्याकाण्ड : प्रहरीद्वारा चार आरोपित सार्वजनिक

सुजिता हत्याकाण्ड : प्रहरीद्वारा चार आरोपित सार्वजनिक

महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्या आरोपमा महोत्तरी प्रहरीले ४ आरोपितलाई सार्वजनिक गरेको छ।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

जनकपुरधाम– महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्या आरोपमा महोत्तरी प्रहरीले ४ आरोपितलाई सार्वजनिक गरेको छ। गाडिएको अवस्थामा सुजिताको शव भेटेको दुई दिन नबित्दै प्रहरीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी ४ जना आरोपितलाई सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा मृतक सुजिताका देवर २९ वर्षिय रुपेश ठाकुर, लोहरपट्टी वडा नम्बर ७ स्थित भ्रमरपुराका ३७ वर्षिय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षिय मुल्ला भन्ने आदम राईन र ३२ वर्षिय नथुनि मण्डल छन्।

महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले तत्काल मृतकका पति ३१ वर्षिय मुकेश ठाकुरलाई पक्राउ गरेर अनुसन्धान गर्दा उनको संलग्नता नदेखिएकाले थुनामुक्त गरिएको बताए। सुजिताका पति मुकेशलाई मृतक सुजिताको बुवा कामेश्वर पाण्डेको जिम्मा लगाइएको छ। 

मृतक सुजिता ठाकुर

प्रहरी उपरीक्षक आचार्यले पक्राउ परेका बण्ठा, मुल्ला र नथुनिले मृतकको शव ओसारपसार गरी शव गाड्न तथा शवलाई स्थानान्तरण गर्न सहयोग गरेकोले पक्राउ गरिएको जानकारी दिए । यद्यपि घटना सम्बन्धमा अझै अनुसन्धान पूरा हुन नसकेको उनले बताए।

उनले भने ‘अझै हामी अनुसन्धानकै क्रममा छौँ, अनुसन्धान पूरा भए लगत्तै घटनाको विषयमा केही जानकारी गराउने छौँ।’ प्रहरीले अझै हत्याको कारण लगायतका विषयमा नखुलाएका कारण यो घटना अझै रहष्यमय नै बनेको छ।

प्रकाशित: Jul 13, 2021| 11:35 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।