आइतबार, साउन १७, २०८३

कक्षा ११ मा अनिवार्य गणित पढ्ने विद्यार्थीले ऐच्छिक गणित पढ्न नपाउने 

कक्षा ११ मा अनिवार्य गणित विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक गणित रोज्न नपाउने भएका छन्।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– कक्षा ११ मा अनिवार्य गणित विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक गणित रोज्न नपाउने भएका छन्। पाठ्यक्रमको नयाँ संरचनाअनुसार कक्षा ११ को पाठ्यक्रममा गणित विषयलाई अनिवार्य (००७१) र ऐच्छिक (४०११) दुवै समूहमा राखिएकाले विद्यार्थीले एउटा समूहको गणित मात्र रोज्नुपर्ने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।  

बोर्डले विद्यार्थीले परीक्षा आवेदन फाराम र रजिस्ट्रेसन फाराम भर्दा दुवै समूहमा गणित विषय रोजेमा फारम रद्द हुने जनाएको छ। थप विषय अध्ययन गर्न चाहने विद्यार्थीले बाँकी रहेको समूहबाट गणितबाहेक अन्य विषय रोज्नुपर्ने हुन्छ।

प्रकाशित: Jul 13, 2021| 11:28 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्