शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधानको धारा उल्लेख नगरी राष्ट्रपतिले नियुक्त गरिन् प्रधानमन्त्री

संविधानको धारा उल्लेख नगरी राष्ट्रपतिले नियुक्त गरिन् प्रधानमन्त्री

राष्ट्रपतिको कार्यालयले आधिकारिक रूपमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको कुन धारामा टेकेर गरिएको भन्ने चाहिँ खुलाइएको छैन। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्। सर्वोच्च अदालतले असार २८  गते गरेको फैसला बमोजिम राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

राष्ट्रपतिको कार्यालयले आधिकारिक रूपमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको कुन धारामा टेकेर गरिएको भन्ने चाहिँ खुलाइएको छैन। 

'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ,' कार्यालयले जारी गरेको विज्ञप्तिमा यति मात्र भनिएको छ। 

यसैबीच नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ ६ बजे शीतल निवासमा राष्ट्रपति भण्डारीसँग सपथग्रहण गर्दैछन्। सुरुमा सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका देउवाले मंगलबारै केही मन्त्रीहरूलाई सपथ ग्रहण गराउने तयारी गरेका छन्। 

प्रकाशित: Jul 13, 2021| 11:03 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।