काठमाडौं– सरकारले बालबालिकालाई पनि लगाउन मिल्ने कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु गरेको छ। सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका प्रधानमन्त्रीले मंगलबार देशबासीलाई सम्बोधन गर्दै यो जानकारी दिएका हुन्।
बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज खोप ल्याउनेगरी खरिद प्रक्रिया अगाडि बढाइएको उनले बताए। अब खोपको अभाव नहुने उनले दाबी गरे। आफ्नै कार्यकालमा खोप खरिद प्रक्रिया अगाडि बढाएको भए पनि विपक्षीले आफूले खोप ल्याएको भन्दै प्रचार गर्ने आशंका उनले व्यक्त गरे। ‘मलाई थाहा छ भोलि बिहानैबाट खोप हामीले ल्याएको भनेर प्रचार गरिनेछ। मलाई प्रचारको कम्पिटिसन गर्नु छैन,’ ओलीले भने।
अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर खोप १२ वर्ष उमेर पुगेका बालबालिकालाई उपलब्ध गराउन सकिने बताएको छ।