काठमाडौं- प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उनको पक्षका नेताहरूप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्।
सिंहदरबारबाट नेपाल टेलिभिजनमा लाइभ सम्बोधन गर्दै उनले नेपाल समूहप्रति आक्रोश व्यक्त गरेका हुन्।
'आफ्नो पार्टीको सरकार ढाल्नेहरू विद्रोही? केको विद्रोही?' उनको प्रतिप्रश्न थियो। उनका अनुसार विद्रोही भनेको जनताका पक्षमा काम गर्ने मात्र हुन्। उनले संविधानको अपव्याख्या गरेर आफूहरूलाई सत्ताबाट हटाइएको गुनासो पनि गरेका थिए।