शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेकाको खोप दिने 

जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेकाको खोप दिने 

जापान सरकारले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ ।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– जापान सरकारले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ ।

कोभ्याक्स सुविधा मार्फत जापानले सो परिमाणमा खोप दिन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। यो खोप आएपछि पहिलो डोज कोभिसिल्ड लगाएर दोस्रो डोज लगाउन नपाएका करिब १० लाख ६५ बर्ष माथिका जेष्ठ नागरिकसहित १३ लाख ६५ हजार बढीले खोप पाउने छन् ।

नेपालमा आउन लागेको अक्सफोर्डको एस्ट्राजेनेकाको यो खोप जापानमै उत्पादित खोप हो । यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै हो ।

प्रकाशित: Jul 13, 2021| 09:22 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।