काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा कर्णालीमा विद्युत् पुगेको बताएका छन्।
मंगलबार सिंहदरबारबाट सम्बोधन गर्दै उनले कर्णालीका ५ जिल्ला नेशनल ग्रिडलाइनबाट विद्युतमा जोडिएको दावी गरेका हुन्। ‘अप्पर तामाकोशी सम्पन्न भएको छ। कालिकोटमा विद्युत पुगेको छ। अब जुम्लामा पनि विद्युत् पुग्ने छ। कर्णालीका ५ जिल्ला ग्रिडलाइनबाट विद्युत् प्रणालीमा जोडिएका छन्।’