शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको छ : ओली

मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको छ : ओली

'आजको अवस्था भनेको कोरोना महामारीको मारबाट आक्रान्त, बाढीपहिरोबाट आक्रान्त, विकासका काममा अघि बढ्नुपर्ने आजको आवश्यकता हो। विकास र एकतातर्फ जानु पर्ने हो। तर यस्तोबेला मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको छ,' उनको दाबी छ। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै केपी शर्मा ओलीले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको बताएका छन्। सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

'आजको अवस्था भनेको कोरोना महामारीको मारबाट आक्रान्त, बाढीपहिरोबाट आक्रान्त, विकासका काममा अघि बढ्नुपर्ने आजको आवश्यकता हो। विकास र एकतातर्फ जानु पर्ने हो। तर यस्तोबेला मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको छ,' उनको दाबी छ। 

फैसलाबाट निराश नहुन पनि उनले आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरे। 'फैसलाबाट हामी निराश हुने आवश्यकता छैन,' उनको भनाइ थियो। 

सर्वोच्च अदालतले सोमबार गरेको फैसलाका दुरगामी नकारात्मक असर पर्ने दाबी गर्दै उनले यसलाई लामो समयसम्म सम्झिइने उल्लेख गरे।
 

प्रकाशित: Jul 13, 2021| 09:16 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।